THOUSANDS OF FREE BLOGGER TEMPLATES »

Tuesday, July 1, 2008

नेपालमा प्रधानमन्त्री कोइरालाद्वारा राजीनामा घोषणा


26 जुन, 2008 - नेपालको इतिहासकै निकै महत्वपूर्ण दुईवर्ष लामो कालखण्डमा सरकार र राष्ट्रको समेत नेतृत्व गरेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बिहीबार पदत्याग गरेको घोषणा गरेका छन्। गठबन्धन भित्रैबाट चर्को दवाव परेपछि उनले व्यवस्थापिका संसदको हैसियतमा बिहिवार बसेको संविधानसभाको बैठकमा त्यस्तो घोषणा गरेका हुन्। धेरै कुराबाट मुक्त भई आफू उपस्थित भएको बताउँदै कोइरालाले भने, "म यहींबाट प्रधानमन्त्रीको पदत्याग गरेको घोषणा गर्दछु।"प्रधानमन्त्रीले राष्ट्रपति समक्ष राजीनामा दिनुपर्ने संवैधानिक व्यवस्था छ। नेकपा माओवादीले नयाँ सरकार गठनको बाटो खोल्न कोइरालाको राजीनामा माग गर्दै आएको थियो। प्रधानमन्त्रीमाथि थप दवाव सृजना गर्न सत्तालिप्साको आरोप लगाउँदै केही दिन अघि माओवादीले सरकार समेत त्यागेको थियो। सहकार्य र सहमतिराजीनामा घोषणा गर्दै कोइरालाले माओवादीलाई सरकार गठनको पहल गर्न पुन: आग्रह गरेका थिए। नेपाली कांग्रस बाहेकलाई राष्ट्रपतिमा समर्थन गरिने नेकपा माओवादीको भनाईपछि दलहरू विभाजनकै संघारमा पुगेका छन्। माओवादीको त्यस्तो धारणापछि कांग्रेस प्रतिपक्षमा बस्ने खबरहरू आइरहेका बेला कोइरालाले भने आफूलाई सहमति सहकार्य र एकताको पक्षमै उभ्याए। अन्यथा देशको अस्तित्व नै संकटमा पर्ने उनको भनाई थियो।संविधानसभालाई सम्बोधन गर्दै उनले भने, "रक्तपात विहिन रुपमा संविधानसभाको चुनाव र राजतन्त्र अन्त्य गर्न सफल भयौं। आपसी एकताले गर्दा त्यो सम्भव भएको हो। देशको अस्तित्व जोगाउन पनि त्यो जरूरी छ।"

No comments: